गोरखा जिल्हा

विकिपीडिया, मुक्‍त ज्ञानकोशातून
(गोरखा जिल्हा, नेपाळ या पानावरून पुनर्निर्देशित)
ह्या लेखाचा/विभागाचा इंग्रजी किंवा अमराठी भाषेतून मराठी भाषेत भाषांतर करावयाचे बाकी आहे. अनुवाद करण्यास आपलाही सहयोग हवा आहे. ऑनलाईन शब्दकोश आणि इतर सहाय्या करिता भाषांतर प्रकल्पास भेट द्या.


गोरखा जिल्हा नेपाळमधील एक जिल्हा आहे. गोरखा बजार येथील प्रशासकीय केंद्र आहे. गोरखा बजार काठमाडौं- पोखरामधील पृथ्वीराजमार्ग स्थित आँबु खैरेनी २५ किलोमिटर उत्तर आहे । यो बजार सानै भएतापनि निकै रमाईलो छ र ऐतिहासिक दृष्यले पनि महत्त्वपूर्ण छ ।

विवरण[संपादन]

धार्मिक[संपादन]

यस बाहेक यहाँ शक्तिकी स्वरूप श्री भवानी कालिका र शिव स्वरूप श्री गुरू गोरखनाथ बाबा विराजमान होईबक्सेको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रुपमा यस ठाउँको महत्त्वपुर्ण स्थान छ ।

ऐतिहासिक[संपादन]

यहाँ वि. सं. 1779 मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । गोरखामा जगनमाता भगवती कालिको मन्दीर र जगत्गुरू मानिने गुरू गोरखनाथको गुफग पनि छ । यहाँ हजारैं भक्तजनहरु दर्शन गर्न र आफ्नो मनोकामना पूरा लागि आउने गर्छन् । साथै प्रतेक अष्टमीका दीन वलि पुजा चढाईन्छ, दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरू श्री गोरखनाथलाई हिन्दुहरुको आरध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ । नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाईन्छ । साथै नेपालको राष्ट्रीय निशाना छापमा पनि गुरू श्री गोरखनाथको चरण अंकित थियो । यसबाट थाहा हुन्छ की उहाँहरु हाम्रो आरध्यदेव हुनुहुन्छ ।

भूगोल[संपादन]

यसठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला । संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ यहाँबाट धौलागिरी देखी गणेशहिमाल सम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै घना जंगल तथा हरीया पहाडहरु, हिमालदेखी कलकल गर्दै बग्ने नदिनालाहरु, सम्ममैदान र फाँटहरु, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँआउने जोकोहीको पनि मन छुन्छ । यिनै कारणहरुले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरुबाट थुप्रै पर्य़टकहरु यहाँ आउने गर्छन् ।